Logo
Logo

दुई वटा एयरबस किन्न पर्यटनमन्त्रीलाई कार्यदलको सुझाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, १ असोज ।
नेपाल वायुसेवा निगम सुधारका लागि गठन गरेको कार्यदलले थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । निगममा पर्याप्त जहाज नभएकै कारण आम्दानी गर्न नसकेको निश्कर्ष निकाल्दै थप २ वटा जहाज खरिदको सुझाव दिएको हो ।


पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको कार्यदलले बनाएको प्रतिवेदन बुधबार मन्त्री भट्टराईलाई बुझाउँदै सो सुझाव दिएको हो । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका थिए ।
प्रतिवेदनमा निगम सुधारका लागि तत्कालका लागि विदेशी रणनीतिक साझेदार ल्याउन सुझाव दिएको छ । निगमसंग अहिले ३२० सेरिजका २ ओटा र ३३० सेरिजका २ गरी ४ ओटा एयरवसले अन्तराष्ट्रिय उडान गरिरहेको छ । मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वायन गरी निगममा सुधार थालिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्