Logo
Logo

काम धेरै भाषण कम गर्ने मनस्थितिमा छु : प्रधानमन्त्री


756
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आफ्नो कार्यकालमा भाषण कम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने भनेको छु । अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन । म भाषण कम र काम धेरै गरेर जनताको सेवामा प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’

उनले आफू हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्