Logo
Logo

कपनमा महिलाको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
काठमाडौंको कपन तेन्जिङ चोक बस्ने एक महिला मृत अवस्थामा भेटिएकी छिन् । ४० वर्षीय कमला कार्कीको शब प्रहरीले फेला परेको र प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।


हात मुख बाँधेको अवस्थामा भेटिएकाले हत्याको आशंका गरिएको हो । उनी कपनमै मदिरा तथा किनारा पसल चलाउँदै आएकी थिइन् । प्रहरीले शव उठाएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्