Logo
Logo

आहा-रारा गोल्डकप : आज मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै


378
Shares

काठमाडौं । पोखरामा जारी २२ औँ संस्करणको आहा–रारा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भिड्दैछन् ।

प्रि–क्वार्टर फाइनल अन्तरगतको दोस्रो खेलमा यी दुई क्लबहरू दिउँसो साढे १ बजे पोखरा रङ्गशालामा भिड्दै छन् । चर्च ब्वाइजले यस पटकको संस्करणमा निकै राम्रो खेल्दै आहा–रारा गोल्डकपको सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको थियो ।

शुक्रवारको खेलमा चर्च ब्वाइजले पुलिसलाई २–१ ले पराजित गरेको थियो। मच्छिन्द्र क्लबको भने २२ औँ संस्करणको पहिलो खेल आज हो। आजको खेलमा विजेता बन्ने टोलीले सेमीफाइनल खेलमा स्थान पक्का गर्ने छ।

सेमीफाइनलमा प्रवेश गर्ने अर्को समूह पुस १९ गतेको खेलबाट निधो हुने छ। उक्त दिन मनाङ मर्स्याङ्दी क्लब र भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिकाबिच खेल हुने छ ।

यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ । गोल्डकपको फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ ।

पुस २३ गतेसम्म हुने प्रतिस्पर्धामा आयोजक सहारा क्लब, धरान फुटबल क्लब, सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब सहभागी छन् ।

यस पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ नगद वृद्धि गरिएको छ। गत वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाएका भए पनि यो संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्