
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज बिहान ११ बजेबाट पुन बस्ने भएको हो ।
हिजो केहि नेताले अफ्ना धारणा राख्न बाँकी रहेकाले आज पनि बैठक बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।
खतिवडाका अनुसार शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो ।














