Logo
Logo

पोखरा विमानस्थलमा अवतरण अवरुद्ध


3.8k
Shares

काठमाडौं । बाक्लो हुस्सुका कारण आइतबार बिहान पोखरा विमानस्थलमा विमान अवतरण अवरुद्ध भएको छ ।

न्यून भिजिविलिटीका कारण यती एयरलाइन्सको बिहान ६ः५५, बुद्ध एयरको ७ः३० र सौर्य एयरलाइन्सको बिहान ९ः५ बजेको विमान ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यहाँ न्यून भिजिविलिटीका कारण अवतरण सम्भव नहुने भएकाले काठमाडौंबाट पोखराका लागि उडान नगरिएको हो ।

सामान्य अवस्थामा विमान अवतरणका लागि १६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर, आइतबार बिहान पोखरामा २०० मिटर मात्र भिजिविलिटी रहेको जनाइएको छ ।

पोखराबाट हुने विमानको उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय छ ।

प्रतिक्रिया दिनुहोस्