Logo
Logo

राम्रो काम गरेर जनताको मन जित्न जरुरी छ : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्नेबाहेक हरु नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई आइतबार निवास बालुवाटारमा निर्देशन दिँदै उनले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् ।’

उनले अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको समेत बताए । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्