
काठमाडौं । नेकपा एकीकृत समाजवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने सन्दर्भमा अझै निष्कर्षमा पुग्न सकेको छैन् ।
दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा मिश्रित प्रतिक्रिया आएपछि एकीकृत समाजवादी अनिर्णीत भएको हो ।
बैठकमा मिश्रित प्रतिक्रिया आएपछि एकीकृत समाजवादीले पोलिटब्युरो बैठकबाट निर्णय लिने भएको छ । बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा मिश्रित प्रतिक्रिया आएको छ । हामी यस विषयमा पोलिटब्युरोमा छलफल गर्नेछौँ । त्यहाँबाट आएको सुझावका आधारमा निर्णय हुनेछ ।’
एकीकृत समाजवादीले सोमबार ११ बजे पोलिटब्युरो बैठक बोलाएको छ ।












