Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरबस


8.6k
Shares

काठमाडौं । हिमालय एयरलाइन्सको एयरबस ‘ए३२० ९एन– एएलभी’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक प्रदर्शनी उडान गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटको दिन भएको उक्त उडानलाई हिमालय एयरलाइन्सले आफ्नो न्यारोबडी एयरक्राफ्टको ऐतिहासिक अवतरण भनेको छ ।

हिमालय एअरलाइन्सको एअरबस ‘ए३२०–२१४’  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एअरबस बनेको छ । यो विमानलाई पानीको फोहरासहित स्थागत गरिएको थियो । उक्त जहाजबाट हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र क्याप्टेन हाओ डी लगायतको टोली पोखरा पुगेको थियो । 

पहिलो उडानसँगै पोखरा पुगेका उपाध्यक्ष श्रेष्ठले हिमालय एयरलाइन्स सधैँ उड्डयन क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिवद्ध रहेको भन्दै एयरबस ‘ए३२०’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरूको शहर पोखरा भ्रमण गर्न विश्वभर सकारात्मक सन्देश दिएको बताए । 

उनले भने– ‘आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो, जसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पुर्याउने छ ।’

उनले हिमालय एयरलाइन्सको योगदानले उड्डयन क्षेत्रलाई मात्र नभइ नेपालको पर्यटन क्षेत्रको समग्र विकासमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्