बारा । सशस्त्र प्रहरी बाराले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको पचरौता न.पा.–४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल टोलीले आइतबार बेलुका अबैध हतियारसहित भारत मोतिहरी घर भएका ४० वर्षीय चन्दन कुमारलाई गुलरिया नाकाबाट पक्राउ गरेको हो ।
उनको साथबाट आरएफआई पेस्तोल १ थान, म्यागजीन १, गोली ७, मोबाइल १ थान र ११ हजार नगद बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।












