Logo
Logo

१५ वर्षकै उमेरमा ल्याभिस हाउसकी मालिक बनिन् रुहानिका



काठमाडौं । एउटा आफ्नै घर होस् सबैको सपना हुन्छ । तर एउटा घर बनाउन वा किन्न मानिसहरूलाई धेरै समय लाग्छ । यता भारतीय टिभी अभिनेत्री रुहानिका धावनले भने चमत्कार गरेकी छिन् ।

१५ वर्षको उमेरमा यी अभिनेत्री करोडौंको घरको मालिक बनेकी छन् । टिभी शो ‘ये है मोहब्बत’मा सानी रुहीको भूमिका निभाइरहेकी रुहानिका ल्याभिस हाउसकी मालिक बनेकी हुन् ।

रुहानिकाले नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जाल इन्स्टाग्राममा घरको सुन्दर तस्विर शेयर गरेकी छन् । ती तस्बिरमा उनको घर निकै प्यारो देखिन्छ । फ्यान र सहकलाकारहरूले रुहानिकालाई यो माइलस्टोनका लागि बधाई दिएका छन् ।

‘मेरो एउटा सपना पूरा भएको छ । यहाँभन्दा खुशीको कुरा मेरो लागि अरु हुनै सक्दैन,’ उनले आफ्नो घरको तस्बिर सेयर गर्दै भनेकी छन्, ‘आमाका कारण मेले यो घर किन्न सफल भएँ । आमाले पैसा जम्मा नगरेको भए आज मेरो सपना पुरा हुने थिएन ।’

आलिसान घर किन्नु आफ्नो लागि गौरवको विषय भएको उनले बताएकी छन् । उनले घर किन्नुमात्र आफ्नो सपना नभएको र अझै धेरै गर्नाु बाँकी रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्