काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जनता समाजवादी पार्टी (जसपा)सँग एकता गर्न छलफल भइरहेको बताएका छन् ।
केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले जसपासँग छलफलमा रहेको बताए । ‘एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं’, उनले भने ।

एकीकृत समाजवादीले अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा पार्टीका भावी रणनीतिबारे पोलिटब्यूरो बैठकमा छलफल गरिरहेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सांसद छन् ।












