Logo
Logo

-यापर प्रविनको ‘तामाङको जात’ (हेर्नुस् भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज । पछिल्लो समय -याप म्युजिकको टे«ण्ड बढ्दै गएको छ । यससँगै नयाँ-नयाँ -यापर प्रतिभाहरुको उदय हुँदैछन् ।
यस्तै, एक प्रतिभा हुन्, प्रविन तामाङ वाइबा । भर्खरै १४ वर्ष टिकेका प्रविन -याप म्युजिकका पारखी हुन् । यिनै प्रतिभाले आफ्नो पहिलो -याप गीत ‘तामाङको जात’ ल्याएका छन् । प्रविनको ‘तामाङको जात’लाई एमएमएस इन्टरटेनमेन्टले शुक्रबार सार्वजनिक गरेको हो ।
रामेछाप, रामपुरका प्रविनको ‘तामाङ जात’ आफ्नो पहिलो ¥याप गीत हो । तर, उनी गीतसंगीतसँग नजिक छन् । यमबुद्ध, भिटेन, मिस्टर डी र लाहुरे जस्ता -यापरबाट प्रभावित भएको आफू ¥याप म्युजिकमा लागेको प्रविन बताउँछन् । युवाको ढुकढुकी बनेका यमबुद्ध त यो संसारमा छैनन् । तर, पछिल्लो समय भिटेन र लाहुरे र मिस्टर डीले नेपाली -याप म्युजिकमा तहल्का मच्चाउँदै आएका छन् । यसैबेला प्रविनले ‘तामाङको जात’ ल्याएर -यापरहरुको लाइनमा ल्याएका छन् ।
सार्वजनिक ‘तामाङको जात’मा प्रविनकै शब्द र संगीत रहेको छ । सञ्चारकर्मी प्रशन्न रिमालले निर्देशन गरेको यस भिडियोमा प्रविनसँगै आर्डेन र इलिक फिचरिङ छन् । आर्डेन र इलिक पनि -यापर नै हुन् । जो पछिल्लो समय नेपाली -याप म्युजिकमो चर्चा बटुल्दै आएका छन् । ‘तामाङको. जात’लाई सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने भने छायाँकन डम्बर राईले गरेका हुन् । हाल डिल्लीबजारस्थित राईजिङ एकेडेमीमा कक्षा ८ मा अध्ययनरत -यापर प्रविनले भने, ‘यो मेरो पहिलो प्रयास हो । पक्कै दर्शकले रुचाउँनेछन् ।’उनले आगामी दिनमा दर्शक तथा श्रोताको चाहनाअनुसार गाउँदै जाने बताए ।

https://www.youtube.com/watch?v=KoZjUwRMRLo

प्रतिक्रिया दिनुहोस्