Logo
Logo

एमालेका पूर्व सांसदको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज ।
तत्कालिन नेकपा(एमाले)का पूर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ। ह्रृदयघात भएपछि उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा उनको मृत्यु भएको थियो ।

गत हप्ता हृदयघातका कारण बेहोस भएपछि बैरागीलाई काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। लामो समयसम्म अचेत रहेका दाहालको आज बिहान ७ बजे निधन भएको संखुवाभाका सांसद राजेन्द्र प्रसाद गौतमले जानकारी दिए। २०३५ सालदेखि कम्यूनिष्ट पार्टीको राजनीतिमा सक्रिय दाहाल २०५१ सालको चुनावमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट निर्वा्चित भएका थिए।

अन्तिम श्रद्धान्जलीका लागि बिहान १० बजेदेखि ११ बजेसम्म नेकपाको पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा राख्ने र आजै दिउँसो दाहसंस्कार गर्ने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ। उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्