Logo
Logo

मैले मुर्छित सपनामाथि पानी छम्केको छुः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताका मुर्छित सपनामा पार्नी छर्केर सपनालाई जिवित राखेको बताएका छन् । विकासका ठूला सपना देखाएको भन्ने आरोपमा स्पष्टिकरण दिदै उनले त्यसो बताएका हुन् ।


संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गर्दै सरकारका उपलब्धि पनि सुनाए ।
नीति कार्यक्रम र पछिल्लो समयमा भइरहेका नियमित कामकाजलाई प्रधानमन्त्रीले उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । पेट्रोलियम पाइपलाइनको सुरुवात, हावाहुरी पीडितलाई घर हस्तान्तरण लगायतका विषय सरकारका उपलब्धिमा समेटिएका छन्। वित्तीय सङ्घीयताको व्यवस्थापन उचित रूपमा गरेको प्रधानमन्त्रीको दाबी छ। वित्तीय सङ्घीयताको कार्यान्वयनको उदाहरण बाँकी विश्वका लागि उदाहरणीय रहेको प्रधानमन्त्रीको दाबी छ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सुरुलाई प्रधानमन्त्रीले उपलब्धिका रूपमा सुनाएका छन्। राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन र राष्ट्रिय परिचयपत्रको वितरणलाई पनि प्रधानमन्त्रीले उपलब्धिमा राखेका छन्।
साक्षरता अभियान, सबै स्थानीय तहमा बैङ्कको पहुँच, प्रधानमन्त्री रोजगार कार्यक्रम र मलेसियाको शून्य लागतको रोजगारी कार्यक्रमलाई पनि सरकारको उपलब्धिमा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा सूचीकृत संख्या उल्लेख्य रहेको प्रधानमन्त्रीको दाबी छ।
करिब मन्त्रालयगत कामकाजको विवरणका रूपमा प्रधानमन्त्रीले प्रगति बताएका हुन्। यातायात सिन्डिकेटको अन्त्यको दाबी पुनः दोहो¥याएका छन्। यातायात प्राधिकरण गठनका लागि सदनमा विधेयक दर्तालाई प्रधानमन्त्रीले उपलब्धिमा उल्लेख गरे । कर्मचारी समायोजन सरकारको उपलब्धि सूचीमा उल्लेख छ। स्थानीय तहमा भएका पदपूर्तिको प्रक्रियालाई पनि सरकारले उपलब्धि मानेको छ।
जापानसँगको हवाई सम्बन्ध पुनः स्थापनालाई पनि सरकारले उपलब्धि मानेको छ। दक्षिण एसियाली खेलकूलको पूर्वतयारीलाई पनि सरकारले उपलब्धिमा उल्लेख गरेको छ। सामाजिक सुरक्षा भत्तालाई ३ हजार रुपैयाँमा र्पुयाउनुलाई पनि सरकारको उपलब्धि सूचिमा छ । अख्तियार र राजस्व अनुसन्धानलाई प्रभावकारी बनाइएको प्रधानमन्त्रीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्