Logo
Logo

सीआईबीको चलखेल, प्रदेश मन्त्रीलाई उन्मुक्ति, गृह मन्त्रीका भाइलाई हत्कडी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)भित्र चलखेल र सेटिङ बढेको छ । ठूला ठूला मुद्दामा ब्यूरोभित्र सेटिङ हुन थालेको हो ।
दुई साताअघि गृहमन्त्रीकै भाइलाई पक्राउ गरेर थुनिएकोमा प्रहरी र सीआईबीको प्रशंसा भइरहेको छ । तर, कुनै रणनीति अन्र्तगत यसरी पक्राउ गरिएको चर्चा गृह मन्त्रालयमा छ । किनकि त्यही सीआईबी हो जसले भौतिक पूर्वाधार विकास मन्त्री खडगबहादुर क्षेत्रीलाई चलखेलका आधारमा जोगाएको थियो । न्यायधीशले मिसिल अध्ययन गरेपछि सीआईबी र सरकारी वकिलको बदमासी बाहिर आएको थियो ।


नक्कली बैंक ग्यारेन्टीका आधारमा मन्त्रीको कम्पनीले ठेक्का पाएको थियो । जसमा कर्मचारीलाई मुद्दा चलाएर मन्त्री खत्रीलाई आर्थिक चलखेलका आधारमा उन्मुक्ति दिइएको थियो । पछि उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउको आदेश दिएपछि उनी बर्खास्तीमा परेका थिए । त्यसपछि मात्र सीआईबीको बदमासी बाहिर आएको हो । ठूला मुद्दामा सीआईबीमा यस्ता धेरै बदमासी भइरहेको स्रोत बताउँछ ।

गृहमन्त्रीका रामबहादुर थापा बादलका भाइ नरेशको भने प्रष्ट प्रमाण नभएपनि मुद्दा चलाएको भन्दै गृह मन्त्रालय रुष्ट बनेको बताइन्छ । स्रोतका अनुसार सुरुमा लिंक देखिएको भन्दै अनुसन्धानका लागि गृहमन्त्रीसँग अनुमति मागिएको हो, गृहमन्त्रीले अनुसन्धान गर्न भनेपछि पक्राउ गरेर सिधैं म्याद थप गरिएको हो । तर, नरेशविरुद्ध बलियो प्रमाण भने केही छैन । सहयोग गर्न खोजेको आशंका मात्र छ । सोधपुछका लागि भनेर बोलाएपछि थापा उनी आफैं सीआईबी गएका थिए । जसले पनि उनी योजनाबद्ध रुपमा नभई गलत संगतका कारण फसेको प्रष्ट हुन्छ ।

पछिल्लो केही वर्षयता सीआईबी खस्कदै गएको छ । सीआईबीमा ठूला आर्थिक चलखेल हुने गरेको स्रोत बताउँछ । निरज शाहीले समेत धेरै चलखेल गरेको खुलेपछि उनीमाथि छानबिनको तयारी भइरहेको स्रोत बताउँछ । खस्किएको छवी जोगाउनकै लागि सीआईबीले गृहमन्त्रीका भाइलाई पक्राउ गरेको चर्चा समेत प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्