Logo
Logo

प्रधानमन्त्रीको शुभकामना सन्देष गायब ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज ।
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विश्वभरीबाट शुभकामना सन्देष आएको छ । चीनका राष्ट्र सि जिनपिङदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले शुभकामना सन्देष पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर, आफ्नै देशका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देष भने जनताले पाएनन् । स्रोत अनुसार प्रधानमन्त्रीको सचिवालयले शुभकामना सन्देष निकाल्न नै बिर्सिएको छ । जबकी राष्ट्रपति बिद्यादेवी भण्डारी लगायत उच्च पदस्थ व्यक्तिले शुभकामना सन्देष जारी गरेका छन् ।
सरकारी मिडियामा अघिल्लो दिन नै प्रधानमन्त्रीले यस्तो सन्देष पठाउने चलन छ । ‘तर यो वर्ष प्रधानमन्त्रीको सन्देष नै आएन,’ राससका एक पत्रकारले आश्चर्य मान्दै भने ।

प्रधानमन्त्रीको सचिवालय कसरी चलेको छ भन्ने यसबाट थप प्रष्ट हुन्छ ।
शुभकामना सन्देष जारी नगरेका प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर अकाउन्टबाट भने शुभकामना दिएका छन् । सरकार प्रमुखले नै आधिकारीक रुपमा शुभकामना सन्देष जारी नगरेको धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्