Logo
Logo

चिनियाँ राष्ट्रपति २७ गते नेपाल आउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असोज ।
चीनका राष्ट्रपति सी जिनपिङ असोज २७ गते नेपाल भ्रमणमा आउने तय भएको छ । सोहीअनुसार नेपालले तयारी अघि बढाएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउन लागेका हुन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । उनी सोल्टी होटलमा बस्ने भएकाले चिनियाँ सुरक्षाकर्मीको टोलीले सो होटलमा समेत रेकि गरिसकेको छ ।
सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । सम्झौताको मोडलबाट छलफल भइरहेको स्रोत बताउँछ । चीनले अन्य केही ‘सरप्राइज’ रुपमा सहयोगका प्याकेज दिन सक्ने बताइएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि बिशेष सुरक्षा तयारी अघि बढाइएको छ । खासगरी उनको भ्रमणलाई विवादमा पार्न तिब्बती शरणार्थीहरुले कुनै गतिविधि गर्न सक्नेतर्फ प्रहरी र गुप्तचरले ध्यान केन्द्रीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्