Logo
Logo

सरकारले काम नै गरेन भन्नु गलत होः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


सुनसरी, ५ असोज ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् । थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका उनले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’


उनले सरकारले धेरै काम गरेको र भ्रष्टाचार नियन्त्रणमा समेत अघि बढेको बताए ।
कार्यक्रममा उनले भने–
अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् ।

हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने । सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्