Logo
Logo

यस्ता छन् दुधमा बेसार मिसाएर पिउनुका फाइदै फाइदा



काठमाडौं । दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, बेसार पनि त्यतिनै फाइदाजनक हुन्छ । यी दुबैमा औषधीय गुण हुन्छ । त्यसैले त आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टीबायोटिक भनेर व्याख्या गरिएको छ ।

यता दुधमा पनि प्राकृतिक एन्टीबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । त्यसैले दुध र बेसारलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई अझ धेरै फाइदा हुने गर्दछ ।

दुधमा बेसार मिसाएर खानुका फाइदा–

१. दैनिक रुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारणले हड्डी स्वस्थ तथा बलियो हुने र शरीरका जोर्नी दुख्ने समस्या हट्छ ।

२. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

३. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।

४. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

५. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।

५. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्तसञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

६. दैनिक एक गिलास दुधमा आधा चम्चा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोसो कम हुन्छ । यसकारण मोटोपन घटाउन पनि बेसार र दुधको प्रयोग गर्न सकिन्छ ।

७. छालासम्बन्धी विभिन्न समस्याबाट छुट्कारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।

८.दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखाला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित विरामीलाई बेसार अमृत समान मानिन्छ ।

९. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्