Logo
Logo

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित ११ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असोज ।

कमसल धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

खोलाछेउ जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, भूपेन्द्र श्रेष्ठ,बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत छन । पक्राउ पर्नेमा पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ऋणी, धितो मूल्याङकनकर्ता र बिचौलिया छन् ।

प्रतिक्रिया दिनुहोस्