Logo
Logo

पर्यटनमन्त्री भट्टराईलाई श्री एयरलाइन्सको साथ, पाँच सय रुपैयाँमै टिकट दिने घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज ।
ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने पर्यटनमन्त्री योगेश भट्टराईको योजनामा नेपाल एयरलाइन्सपछि श्री एयरलाइन्सले साथ दिएको छ । सो एयरलाइन्सले ८५ वर्षमाथिका नागरिकलाई पाँच सय रुपैयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेको छ । तीन वर्षदेखि जेट इन्जिन जहाजमार्फत सेवा दिइरहेको श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँमा यात्रा गराउने तथा र ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।


सोमबार एयरलाइन्सले विज्ञप्ति निकाल्दै ८५ वर्ष पुगेका व्यक्तिले जम्मा ५०० सय रुपैयाँ तिरे श्री एयरलाइन्समा यात्रा गर्न पाउने जानकारी दिएको छ । जसका लागि नागरिकता वा अन्य उमेर पुष्टि हुने कागजपत्र आवश्यक पर्दछ ।
त्यसैगरी, ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । श्रीले उक्त निर्णय दशैको घटस्थापनाको दिनबाट लागू गर्ने जनाएको छ ।
यसअघि नेपाल एयरलाइन्सले ७५ वर्ष पुगेकालाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ । अन्य निजी एयरलाइन्सले पनि यसको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्