नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएका छन् । आज सरकारको साझा न्यनतम साझा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।

उनले भने- ‘प्रधानमन्त्री प्रचण्डजीले भोलि विश्वासको मत लिँदै हुनुन्छ । उहाँले विश्वासको मत लिएपछि मन्त्रिमण्डलले पूर्णता पाउनेछ ।’ प्रचण्ड नेतृत्व सरकारलाई एमालेको पूर्णरुपमा समर्थन हुने बताए ।
उनले प्रचण्डको पक्षमा असाधारण रुपमा मत आउने दावी गरे । उनले भने- ‘प्रधानमन्त्रीले असाधारण रुपमा मत पाउनुहुनेछ । मलाई लाग्छ १८५ मत आउने सम्भावना छ । कुनै शंका छैन ।’












