काठमाडौं । सरकारले गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता गरेको छ ।
सोमबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमअन्तर्गत सरकारको नीतिगत प्राथमिकतामा गुणस्तरीय शिक्षालाई जोड दिँदै आगामी २ वर्षमा देशलाई पूर्ण रुपमा साक्षर देश बनाउने दाबी गरिएको छ।

सरकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको नीतिगत प्राथमिकतामा आगामी २ वर्षमा पूर्ण साक्षर देश घोषणा गर्ने उल्लेख छ । कार्यक्रम सार्वजनिक गर्दै पौडेलले सबै पालिकामा प्राविधिक धारको विद्यालयहरु सञ्चालन गरिने बताए ।
प्रवक्ता पौडेलेले शैक्षिक सत्र अगावै विद्यार्थीहरुका हातमा अनिवार्य रुपमा पाठ्यपुस्तक पुर्याइने दाबी गरे । शिक्षण व्यवसायलाई मर्यादित बनाइने, विश्वविद्यालयमा हाल देखा परेका समस्याहरुको तत्काल समाधान गर्ने उल्लेख गरिएको छ ।












