Logo
Logo

काठमाडौंका घुुमुवा असई सुन लुटेर फरार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज ।
काठमाडौंका घुुमुवा प्रहरीहरु आफैं अपराधमा संलग्न हुन थालेका छन् । काठमाडौं परिसरमा कार्यरत घुमुवा असई प्रितम लामा सुन लुटेर फरार भएका छन् ।
केही दिनअघि उनले बौद्धमा तस्करीको सुन लुटेको स्रोत बताउँछ । सो दिनदेखि उनी कार्यालय गएका छैनन् । फरार भएका छन् ।


त्यस्तै आइतबार एक अभियुक्त अदालतबाटै भागेका छन् । सवारी ज्यान मुद्दामा पक्राउ परेका सनम तामाङ हत्कडीसहित भागेका हुन् । उनलाई गौशला वृत्तले पक्राउ गरेको थियो ।
केही समययता काठमाडौंको सुरक्षा खस्कदै गएको छ । प्रहरीहरु कमाउनमा केन्द्रीत भएपछि यस्तो अवस्था आएको हो । गत साता थलीका सई घुुससहित रंगेहात पक्राउ परेका थिए । यतीबेला सबैजसो घुुमवाहरु दशैं खर्च उठाउन परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्