Logo
Logo

एकीकृत समाजवादीले सशर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने


3.8k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको आज (बुधबार) बिहान बसेको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा खुलाएकाे छैन । राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए । प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिंदैछन् । माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्