
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सरकारको साझा न्यूनतम कार्यक्रममा आफ्ना केही कुराहरू समेटिएकाले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी अध्यक्ष महन्थ ठाकुर बताए ।
पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।
उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन् । सरकारमा जाने नजाने बारे भने पार्टीले अहिले कुनै निर्णय नगरेको पनि उने बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।












