Logo

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज ।
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीमा हस्ताक्षर भएको छ । समझदारी अनुसार दुई पार्टीबीच भाईचारा सम्बन्ध स्थापना भएको छ र दुई पार्टीबीच एक अर्कालाई सहयोग गर्ने विषय समेत उल्लेख छ ।


नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाल तथा नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड समेत उपस्थित थिए ।
चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको पूर्व सन्ध्यामा यस्तो समझदारी भएको हो । सि असोजको अन्तिम साता नेपाल आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्