Logo
Logo

बागमतीको सभामुखका लागि भुवन पाठकको उम्मेदवारी दर्ता


0
Shares

हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको हो ।

उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्