Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

मन्त्रिपरिषद् विस्तारमा सकसदेखि सन्दीप रिहासम्म


819
Shares

१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचार मुद्दामा दोषी ठहर, विशेष अदालत काठमाडौंद्वारा पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि ३ वर्ष कैद, तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना ।


२, कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि संसद् सचिवालयलाई प्रतिपक्षी दल छुट्याउन सकस, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै संसद् प्रतिपक्षीविहीन, प्रतिपक्षी दलको नेताबारे निक्र्योल नभएपछि त्यसबारे परामर्श लिँदै संसद् सचिवालय ।


३, नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने, निर्वाचनबारे छलफल गर्न समापति शेरबहादुर देउवालाई जिम्मा, कांग्रेसबाट उम्मेदवार उठाउने÷नउठाउने जिम्मा पनि देउवालाई नै ।


४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, प्रधानमन्त्री र अध्यक्ष ओलीबीच मन्त्रिपरिषददाई पूर्णता दिने विषयमा छलफल, मन्त्रिपरिषद विस्तारकै विषयमा छलफल गर्न आज बस्ने भनिएको सत्तारुढ दलको बैठक बस्न सकेन ।


५, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीबीच एकताबारे छलफल सुरु, प्रतिपक्षमा बस्न तयार भए जसपासँग एकता गर्न समस्या नभएको माधवकुमार नेपालको भनाइ, एकीकृत समाजवादी रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पक्षामा, जसपा पनि प्रतिपक्षीको भूमिका निर्वाह गर्न तयार हुनुपर्ने ।


६, घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै, शुक्रबार एक कार्यक्रमकाबीच भुसाल नेकपा एस प्रवेश गर्ने, भुसालको स्वागत गर्न नयाँ बानेश्वरस्थित होटल अर्यालमा कार्यक्रम, भुसाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्ने ।

७, सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको निर्देश, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गर्नुपर्ने भनाइ, भविष्यमा समस्या नदोहोरिन गरि मिलेर गर्नुपर्ने ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो, साताको अन्तिम दिन नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ इन्डेस्क सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित ।


९, सन्दीप लामिछानेका मुद्दामा धरौटी माग गर्ने उच्च अदालतको आदेश, लामिछाने २० लाख धरौटी तिरेर शुक्रबार छुट्ने, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने, उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्ने, मुलुकबाहिर जान प्रतिबन्ध, आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि रोक ।


१०, आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तिमा १७ जनाको मृत्यु, मङ्गलबारबाट सुरु भएको आँधी बिहानसम्म कम्तिमा १७ जनको मृत्यु, आँधीसँगैको आएको बाढी र पहिरोले जनजीवन प्रभावित, सडक भत्किए, विजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति ।

प्रतिक्रिया दिनुहोस्