Logo
Logo

गण्डकीको सभामुख चयनका लागि आज निर्वाचन


693
Shares

कास्की । गण्डकी प्रदेशमा सभामुख चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । सभामुख चयनका लागि प्रदेशसभाको बैठक अपराह्न ३ बजे बोलाइएको छ ।

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो। एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य छन् । स्वतन्त्रका रुपमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्