Logo
Logo

‘कर्मचारी समायोजन अध्यादेश परिमार्जन’



भरतपुर, २८ पुस । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए ।
उनले भने, ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस् । कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।’ नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको भन्दै उहाँले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए ।
फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको भन्दै उनले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको छ तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने दावी गरे ।
आज शनिबारसम्म चल्ने उक्त बैठकले संघीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्