Logo
Logo

पहिचान नभएका शव डिएनए परीक्षण गर्न काठमाडौं ल्याइँदै


819
Shares

काठमाडौं । आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं ल्याइने भएको छ ।

सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं ल्याउन लागिएको हो ।

डिएनए टेस्टमार्फत शव पहिचान गर्न काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्