Logo
Logo

बैंक ह्याकिङ प्रकरणः ठेकदार र सुन पसले पनि पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज ।
कृषि विकास बैंकको ह्याकिङ प्रकरणमा निर्माण व्यवसायी र सुन पसले समेत जोडिएका छन् ।

प्रहरीले एक निर्माण व्यवसायी र एक ठेकदारलाई पक्राउ गरेको छ ।
स्याङजा वालिङका ठेकदार रामकृष्ण भुसाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार वालिङमै पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए । सो प्रकरणमा न्यूरोडका एक सुन पसलेललाई समेत प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीले घटनामा संलग्न लवाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, बिजय साह, चन्द्रबहादुर बुढालगायत १२ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्