Logo
Logo

हप्तामा दुई पटक दही खानुका फाइदा



काठमाडौं । दही खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । दहीले शरीरमा लाग्ने कैयौं रोगबाट छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ ।

५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।

अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक अध्ययनमा खानासँग दहीको सेवन गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।

जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ । यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु¥याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ । कोलेस्टेरोलका विरामीलाई दहीको नियमित प्रयोग फाइदाजनक हुन्छ ।

दही खानुका ९ फइदाः

१ मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।

२ नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।

३ तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।

४ दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।

५ दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।

६ हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।

७ दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।

८ दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।

९ दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस्