Logo
Logo

आजदेखि नयाँ नोट सटही


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असोज । दशैँका लागि आजदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भएको छ । आज शुक्रबारदेखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाइने छ । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ ।
यसबाहेक काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नोट सटहीको गर्न पाइनेछ ।
राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा पाइनेछ । कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । अन्य बैंक तथा वित्तीय संस्थालाई पनि आंशिक मात्रामा नयाँ नोट उपलब्ध गराउने भएकाले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट साट्न पाइने सुविधा दिइएको राष्ट्र बैंकको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्