Logo
Logo

एनसीसी बैंकद्वारा अपांग बाल अस्पताललाई आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई २५ लाख ४२ हजार एक सय ९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरेको हो ।
अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपांगता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्