Logo
Logo

नेपाल बैंकको सिईओमा अधिकारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असोज ।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा कृष्ण अधिकारी नियुक्त भएका छन् । १३ जना प्रतिस्पर्धिलाई पछि पार्दै देशकै पुरानो बैंकको नेतृत्व सम्हाल्ने अवसर उनले पाएका छन् ।


। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । अधिकारी बैंकमा डेपुटी सिइओ रुपमा कार्यरत थिए । प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि उनले कामु सिइओको जिम्मेवारी पाएका थिए ।
अधिकारी नेपाल बैंककै करियर बैंकर हुन् । २०६१ सालमा बैंकमा प्रवेश गरेका उनले १५ वर्षमा नै सिईओ बन्ने अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्