काठमाडौं, १२ असोज ।
उपत्यकामा चोरीका घटना निकै बढेका छन् । दिनमै आधा दर्जन चोरी हुन थालेका छन् ।
सुरक्षा खस्कदै गर्दा पुलिसिङ भने खस्कदै गएको छ । सिनियर प्रहरी नै मदिरा पिएर डिउटीमा खटिने गरेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल शुक्रबार मदिरा पिएर डिउटीमा बसेका थिए ।
शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई पाललाई मदिरा पिइरहेको अवस्थामा भेटाएको हो ।
उनलाई वृत्तबाट हटाएर कारबाही सुरु गरिएको छ । अन्यत्रका प्रहरीको पनि ताल उस्तै छ । शान्ति सुरक्षा भन्दा दशैंको असुलीमा प्रहरीहरु लागिसकेका छन् ।