कांग्रेस महासमिति बैठकमा एक करोड २० लाख खर्च « Drishti News – Nepalese News Portal
Logo

कांग्रेस महासमिति बैठकमा एक करोड २० लाख खर्च


appharu



काठमाडौं , २९ पौष ।

नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले सदस्यहरुलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ। पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

सात शीर्ष नेताहरुले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए। कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरुलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो। बेलुकाको खानाको व्यवस्था आफैं गर्नुपर्ने भनिएको थियो। तर, नेताहरुले व्यवस्था गरेपछि सदस्यहरुलाई सजिलो भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

केही नेताहरुले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिष्कार समेत गरे। झन्डै एक हजार ६०० सहभागी बैठक मंसिर २८मा सुरु भई पुस ६ मा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्