Logo
Logo

काठमाडौँबाट बर्दिया जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना ,३१ घाइते



धादिङ, २९ पौष ।
काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।

अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्