Logo
Logo

डनको शरणमा एन्फा अध्यक्ष


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज । नेपालको खेल क्षेत्रमा खेल भन्दा धेरै चलखेल हुने गरेको छ । जसकारण खेलकुदको राजनीतिमा लाग्नेहरु रातारात करोडपति हुने र खेलाडीहरुले भने खेल सामग्रीसमेत नपाउने अवस्था छ ।

भ्रष्टाचारकै कारण थलिएको नेपाली फुटबलमा चर्काे राजनीति हुने गरेको छ । आर्थिक चलखेलका आधारमा गणेश थापाले झन्डै दुई दशकसम्म अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कब्जामा राखे । उनले अन्तर्राष्ट्रिय चुनावमा घुस लिएको समेत प्रमाण भेटियो ।

उनकै कारण फुटबलले गति लिन नसकेको निष्कर्ष निकालेर डेढ वर्षअघि उनको टिमलाई हराएर उनको आलोचक कर्मा छिरिङ शेर्पालाई एन्फाको अध्यक्षमा निर्वाचित गरियो । तर, उनी पनि ‘गणेश थापापथ’मै हिँडेको भन्दै आलोचना सुरु भएको छ । एन्फा र नेपाली फुटबल झन् कमजोर हुँदै गएको छ ।

एन्फामा कमजोर हुँदै गएपछि उनी पछिल्लो समय डनको सहारा लिन थालेका छन् । अदालतबाट दोषी ठहर भएका डन दीपक मनाङेमार्फत उनले साफ खेलकुदको पुरस्कार विरतण गर्न लगाएपछि धेरैले आश्चर्य मानेका छन् ।

काठमाडौंमा आइतबार साफ यू–१८ च्याम्पियनशीप सम्पन्न भएको थियो । जसमा सर्वाधिक गोलकर्ताको पुरस्कार डन मनाङेमार्फत दिन लगाइएको थियो । जबकी उनको फुटबलमा कुनै नाता छैन । कुनै समय मनाङ मस्याङदी क्लबको सल्लाहकार थिए । महत्वपूर्ण पुरस्कार डनमार्फत दिन लगाएपछि कार्यक्रम नै विवादित बनेको थियो ।

एन्फामा कमजोर हुँदै गएपछि शेर्पाले यसरी डनहरुको साथ दिएको चर्चा खेलुकदमा छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एन्फाका सल्लाहकार नवीन पाण्डेलगायतले यसअघि नै राजिनामा दिएका छन् । शेर्पालाई अध्यक्ष बनाउने मुख्य भूमिका खेलेका पाण्डे नै अहिले शेर्पाका कटु आलोचक बनेका छन् । फुटबल क्षेत्रका अन्य हस्तीहरुसमेत शेर्पासँग रुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्