Logo
Logo

हाम्रो पार्टीको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौँ : रञ्जिता श्रेष्ठ



बुटवल । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ र प्रदेश कुनैपनि सरकारमा सहभागी नहुने बताएकी छन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई समर्थन गरेको पार्टीले टीकापुर घटनाका बन्दीहरूलाई रिहाई नगरेसम्म कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान दोहोराएकी हुन् । उनले भनिन्, ‘हामी सुरुदेखि नै भन्दैमा आएका छौँ । जबसम्म हाम्रो पार्टीको माग सम्बोधन हुँदैन, तबसम्म कुनै पनि सरकारमा सहभागी हुँदैनौँ ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेकी श्रेष्ठले आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा नरहेको समेत बताइन् ।

अध्यक्ष श्रेष्ठले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन । तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई समर्थन गरेका छौं र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना हो ।’

टिकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरूलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न समेत उनले सरकारसँग आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्