Logo
Logo

सभामुखसँग असन्तुष्ट थिए प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज ।
बलात्कार प्रकरणमा पद गुमाएका कृष्णबहादुर महरासँग प्रधानमन्त्री केपी ओली पछिल्लो समय असन्तुष्ट रहेको खुलेको छ । सभामुखका हैसियतमा सरकार र आफूलाई असहयोग गरेको ओलीको बुझाइ छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)सँग भएको सम्झौता कार्यान्वयनका लागि संसद्ले अनुमोदन गर्नुपर्छ । तीन महिनाअघि नै संसद्मा दर्ता भएको सम्झौता अझै अनुमोदन हुन सकेको छैन । त्यसमा महराले रुचि नदेखाएको ओलीको बुझाइ छ । ७९ अर्ब रुपैयाँबराबरको सो सम्झौता संसद्को केही दिनअघि अन्त्य भएको अधिवेशनबाटै अनुमोदन गर्न प्रधानमन्त्री ओलीले महरालाई आग्रह गरेका थिए । तर, पारित नगरी अधिवेशन अन्त्य गरेर महराले असहयोग गरेको उनको बुझाइ छ । ऊर्जा तथा यातायात क्षेत्रको पूर्वाधार निर्माणका लागि अमेरिकाले सो सहयोग घोषणा गरेको हो । सभामुख महरासँग प्रधानमन्त्री ओली रिसाउने अर्काे कारण पनि छ । गत २४ वैशाखमा संसद्लाई सम्बोधन गर्दै ओलीले विपक्षी सांसदलाई ‘निम्छरो’ भनेपछि संसद्मै हंगामा भयो । विपक्षीको मागअनुसार सभामुख महराले ओलीले बोलेका केही शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । यो कुरा ओलीलाई मन परेको थिएन ।

प्रतिक्रिया दिनुहोस्