
काठमाडौं । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भेटी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘हाम्रो संगठन र त्रिबिबीचमा भएको सहमति अनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिबि कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोडदार माग गर्दछौं,’ प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ ।
संगठनले स्वतन्त्र विद्यार्थी यनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको छ ।














