Logo
Logo

मेयरको नाममा पाँच लाख उठाउने इन्जिनियर अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज ।
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी पाँच लाख घुससहित पक्राउ परेका छन् ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण(पत्र लिनको लागि टोखा नगरपालिकाका मेयर तथा कर्मचारीसमेतलाई मिलाउनको लागि उनले घुस लिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट पाँच लाख घुससहित उनलाई मंगलबार कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्