Logo
Logo

अब को बन्छ सभामुख ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असोज ।
यौनकाण्डमा कृष्णबहादुर महराको पद गुमेपछि नयाँ सभामुख छान्नका लागि गृहकार्य सुरु भएको छ । संसदकै एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले राजिनामा दिएका थिए । जून बुधबार स्वीकृत भएको छ ।


अब संसदमा नयाँ सभामुखको निर्वाचन हुने छ । जसमा नेकपाबाटै नयाँ नयाँ सभामुख चयन हुने पक्का छ । संविधान सभामुख र उपसभामुख एकै दलको नहुने भएकाले एक पद नेकपाले गुमाएको भएको छ । विगतमा एमाले र माओवादी हुँदा फरक पार्टीबाट चयन भएको थियो ।
अब संसदको हिउँदे अधिबेशनमा सभामुखको निर्वाचन हुने छ । हिउँदे अधिबेशनको मंसिरको अन्तिममा सुरु हुने सम्भावना छ ।
उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फे पनि सभामुख पदकी दाबेदार हुन् । महिला भएको कारण उपसभामुलाई अधिकार नदिएको भन्दै उनी असन्तुष्ट छ ।
त्यस्तै पूर्व सभामुख सुवास नेम्वाङलाई पनि भावी सभामुखका पनि नेकपाभित्र चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्