Logo
Logo

इरानमा सैनिक इलाकामा विस्फोट



काठमाडौं । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।

इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको इरानका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

मानवरहित ड्रोनबाट उक्त हमला भएको भन्दै त्यहाँको रक्षा मन्त्रालयले यसलाई ‘नाकाम हमला’ भनेको छ । रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो ।

जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्