Logo
Logo

क्यानका अध्यक्षसहित पाँच पदाधिकारीको राजीनामा माग



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा मागेका हुन् ।

ती केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।

अध्यक्ष चन्दले आयोजना गरेको पत्रकार सम्मेलन । फाइल फोटो

केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको पदाधिकारीको राजिनामा माग गरेका छन् ।

आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइनु मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको भनाइ छ ।

यसअघि अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर, ७ जना केन्द्रीय सदस्यहरुले भने आफूहरुले बारम्बार सचेत गराउँदासमेत अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको भन्दै उनीहरुले राजीनामा दिनुपर्ने औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्