Logo
Logo

पाकिस्तानमा पुलबाट बस खस्दा ४० जनाको मृत्यु



क्वेटा । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर खस्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ । एक सरकारी अधिकारीका अनुसार फुबाट बस खसेर आगोलागेको छ ।

दुर्घटनामा परि मृतकहरू पहिचान हुन नसकेको बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताए । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ र

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्